मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण १९ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १९ शनिबार १२:३७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश गृहमन्त्रीहरूको समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १९ शनिबार १२:३७:oo

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन (गृह)मन्त्रीहरूको समन्वय बैठक सम्पन्न भएको छ।

शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो।

त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्बन्धमा अनुभव आदानप्रदानसमेत भएको छ। बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीसहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ र सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको उपस्थिति रहेको थियो।

बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैद्यको समेत उपस्थिति रहेको थियो।

बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरी आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजनलगायतका विषयमा थप छलफल गर्न पुन: समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा बोल्दै मन्त्रीहरूले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।