Skip This
महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिँदै कांग्रेस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १८ शुक्रबार o८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिँदै कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार o८:३१:oo

देउवाले गरे उपसभापति र महामन्त्रीद्वयसँग छलफल 

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् । उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर छलफल गरेका हुन् । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, महासमिति बैठकका निर्णयलाई अन्तिम रूप दिने र समसामयिक विषयमा छलफल भएको थियो । साथै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए । ‘बैठकमा केन्द्रीय समिति बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमा छलफल भयो,’ उनले भने, ‘नेताहरूबीच राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा पनि कुराकानी भएको छ ।’