Skip This
सेजनमा आबद्ध सदस्यका लागि १६ करोडको स्वास्थ्य बिमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १७ बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेजनमा आबद्ध सदस्यका लागि १६ करोडको स्वास्थ्य बिमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १७ बिहीबार १८:२६:oo

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यका लागि स्वास्थ्य बिमा गरेको छ। सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरेको हो। 

बिहीबार एक कार्यक्रमका बीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गरेका हुन्। 

यद्यपि, पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ। स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागिसमेत संस्था गम्भीर रहेको बताए। त्यसै क्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए।   

आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने शाहको आग्रह थियो।