१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण १६ बुधबार ०९:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतकाे पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १६ बुधबार ०९:३३:००

मकवानपुरकाे बकैयामा विद्युतको पोल ढलेर लाग्दा घाइते भएका वडासदस्यको बुधबार बिहान मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर- ७ मानदमारका स्थानीय ४० वर्षका वडासदस्यसमेत रहेका रामकुमार तितुङको पोलले लागेर मृत्यु भएको हो ।

तितुङको आफ्नै घरअगाडि हिँडिरहेको अवस्थामा मंगलबार राति एक्कासि बिजुलीको पोल (करेन्ट नभएको) ढलेर लाग्दा उनी घाइते भएका  थिए । घाइते वडासदस्य तितुङलाई तत्काल चुरेहिल अस्पताल हेटौँडामा प्राथमिक उपचारका लागि लगिएकाे थियाे । 

उनलाई गम्भीर चाेट लागेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो । उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।