१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार २३:३६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको पोस्टमा आत्मघाती गोल, मध्यान्तरसम्ममा लेबनान १ - ० ले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार २३:३६:००

वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेशका लागि नेपाल र लेबनानबीच प्रतिस्पर्धा चलिरहेको छ । मध्यान्तरसम्मको खेलमा लेबनान १–० गोलले अगाडि रहेको छ । 

खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत लेबनानले अग्रता बनाएको छ । डीबक्सभन्दा निकै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोस्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएको छ । 

अघिल्लाभन्दा आजको खेलमा नेपाली खेलाडीबीचको तालमेलमा केही कमजोरी देखिएको छ । यस्तै, नेपाली अट्याकरहरू फिनिसिङमा समेत चुकिरहेका छन् । खेलमा नेपालले गोलका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा जारी खेलमा सावित्रा भण्डारी साम्बा पनि आज चल्न सकेकी छैनन् । उच्च फर्ममा रहेकी सावित्रा मात्र नभई अन्य खेलाडीले पनि बललाई पोस्टको दिशा दिन असमर्थ देखिएका छन् । 

नेपालले १३औँ मिनेटमा पहिलोपटक गोलको राम्रो अवसर सिर्जना गरेको थियो । रेखा पौडेलले बललाई सही दिशा दिन नसक्दा नेपाल अग्रता बनाउनबाट चुक्यो । एक मिनेटपछि नै सावित्राले डी बक्स बाहिरैबाट लामो सट प्रहार गरेकी थिइन् । तर, त्यो सट पनि बाहिरिन पुग्यो । 

२५औँ मिनेटमा सावित्राले दिएको राम्रो पासलाई अनिता बस्नेतले डी बक्सभित्र नियन्त्रणमा लिन सकिनन् । २८औँ मिनेटमा डिबक्सको ठीक बाहिर प्राप्त बललाई रेखा पौडेलले पनि पोस्टको दिशा दिन सकिनन् । 
३७औँ मिनेटमा नेपालले अनिता बस्नेतलाई परिवर्तन गरेको थियो । लगत्तै नेपालले आत्मघाती गोल खान पुग्यो ।