१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंकले दियो सिराहाको विद्यालयलाई डेस्क–बेन्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:००:००

ज्योति विकास बैंकले विद्यालयलाई डेस्क–बेन्च प्रदान गरेको छ । सिराहाको गोलबजार, धर्मपुरस्थित श्री आधारभूत विद्यालयलाई २५ थान डेस्क–बेन्च प्रदान गरेको हो । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको बताएको छ ।

 बैंकका गोलबजार शाखा प्रबन्धक भुवन धमलाले गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, गोलबजार वडा नं १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क–बेन्च हस्तान्तरण गरे । 

मेयर श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको बताए । साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क–बेन्चहरूको व्यवस्था भएसँगै कतिपय विद्यार्थीलाई भुइँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।