पहिलो पाँच ओभरमा नामिबियाले बनायो २९ रन

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
पहिलो पाँच ओभरमा नामिबियाले बनायो २९ रन

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा अहिले नेपाल र नामिबिया भिडिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर नामिबियाले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेको छ । 

पाँच ओभरको खेल सकिँदा नामिबियाले कुनै विकेट नगुमाई २९ रन बनाएको छ । नेपालले सुरुवातमै फिल्डिङमा कमजोरी गर्दा नामिबियाका ओपनरले जीवनदान पाएका छन् 

३.२ मा टिमको स्कोर १९ रन हुँदा ओपनर माइकल भान लिंगेनले जीवनदान पाए । त्यसवेला सात बलमा चार रन बनाएका लिंगेनको क्याच विवेकुमार यादवको हातबाट छुटेको थियो । 

लगत्तै ३.४ ओभरमा लिंगेनले मिडविकेटमा ठूलो सट प्रहार गरेका थिए । कुशल मल्लले डाइभ गरेर क्याच गर्न गरेको प्रयास सफल हुन सकेनन् । 

आजको खेलमा नेपालले स्लिपविना नै बलिङ थालेको थियो । त्यसको घाटा पहिलो ओभरमै भएको थियो । पहिलो ओभर लिएर आएका करण केसीको अन्तिम बलमा ओपनर मलान क्रुगरको बल ब्याटको थिक एज लिएर स्लिपमा गएको थियो । तर, स्लिप नराखेका कारण विकेट आउन सकेन । 

सुझावित समाचार