१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा : सर्वदलीय बैठक आज पुनः बस्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५७:oo

सरकार र विपक्षी दलबीच भएको सहमति र सदनलाई नियमित बिजनेस दिने विषयमा गत आइतबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । आजको बैठक बिहान ८ बजे बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्नेछ ।

गत आइतबारको बैठकले बागमती प्रदेश सभाअन्तर्गतको संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल बनाएर प्रतिवेदन पेस गर्ने सहमति प्रदान गरे पनि अन्य बाँकी विषयमा दलहरू सहमतिमा पुग्न सकेका थिएनन् । गत आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बस्न लागेको हो ।

गत आइतबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन, व्यवस्थापन र संसदीय समितिका सभापति चयन गर्ने विषयमा सहमति गरेको थियो । संसदीय नेतृत्व चयनका लागि कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदलसमेत बनाइएको छ । कार्यदलमा अन्य दलहरूका सचेतकहरू सदस्य रहेका छन् भने कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसअघि बसेको बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र विपक्षी दलहरूबीच भएको बजेट विनियोजनका विषयमा भने सहमति हुन सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज पुन: बैठक बस्ने तयारी गरिएको हो ।

यसैबीच करिब साढे चार महिनापछि बागमती प्रदेश सभाको बैठक बस्दै छ । सरकार र विपक्षी दलहरूबीच सहमति जुट्न नसकेको अवस्थामा आजको बैठकले सञ्चालन र नियमित हुने विषयमा शंका रहको छ । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले सदन सञ्चालन र नियमित गर्ने विषय सरकारको भएको उल्लेख गर्दै उनले विपक्षी दलहरूसँग गरेको सहमति पालना भए कुनै अवरोध नहुने, तर पेलेर जाने प्रयास भए त्यसको परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

यता कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवं उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आजको बैठकले बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग बजेट विनियोजनका सन्दर्भमा सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल र सहमतिको प्रयास गर्ने बताए ।

ad
ad