१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

सिराहाको गोलबजार नगरपालिका– १० चुरे जंगलनजिकबाट प्रहरीले दुई थान भरुवा बन्दुक फेला परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार दिउँसो गोलबजार नगरपालिका– १० धरमपुरस्थित पोखरीको बाँधनजिकबाट गस्तीमा रहेको प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको हो।

गोलबजारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोली पोखरीनजिक पुगेपछि बाँध क्षेत्रमा नाम ठेगाना नखुलेका करिब १०–१५ जना युवाले बोकेको बोरा छोडेर उत्तरतिर जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।

जंगलतर्फ भागेका युवाले छोडेको बोरा खोलेर हेर्दा बारुद भरिएको दुई थान भरुवा बन्दुक फेला परेलगत्तै कानुनी प्रक्रियाका लागि गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनील कार्कीको कमान्डमा टोली पुगेर फर्किएपछि थप अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 
 

ad
ad