१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस नेता गुरुराज घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४९:oo

भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्यो ?
महासमितिमा विभिन्न विषय र प्रस्तावमा सौहार्दपूर्ण छलफल भयो । अधिकांश साथीले छलफलमा भाग लिने मौका पनि पाउनुभयो । तर, कतिपय विषयमा चाहिँ महासमिति परम्परागतजस्तो मात्र पनि भयो । महासमितिमा प्रस्तुत भएका र छलफलका क्रममा उठेका सबै विषयमा खुला छलफल गरेर निष्कर्षसहित निर्णय गर्नु महासमितिको सार्वभौम अधिकार हो । तर, कतिपय विषयमा केन्द्रीय समिति हाबी भएको देखियो । महासमितिबाट के निचोड निकाल्न खोजिएको थियो र के परिणाम निस्कियो भन्ने विषयमा जिम्मेवार व्यक्तिहरू त्यति सचेत भएजस्तो देखिएन । 

महासमितिपछिको कांग्रेसमा कुनै ताजगी देख्न सकिएला त ?
नेतृत्वको सोच, काम गर्ने शैली र परिपाटीमा सुधार भयो र आफ्ना कमी कमजोरी सुधार्न उनीहरू इमानदार भए भने त्यसले पार्टीमा ताजगी ल्याउन सक्छ । तर, मेरो गोरुको बाह्रै टक्का भनेझैँ पुरानै ढर्राबाट टसमस नहुने हो भने यसले पार्टीमा कुनै उत्साह भर्न सक्दैन । नेतृत्वको व्यवहार र उसले ल्याउने कार्यक्रमले पार्टी पंक्तिमा उत्साह भर्न सकिएन भने पार्टीले गति लिन सक्दैन ।  

महासमितिमा गठबन्धनबारे चर्को बहस भयो । गठबन्धनको भविष्य के होला ?
अहिलेको सत्ता गठबन्धन कायम रहँदा कुनै आपत्ति छैन । किनकि, अहिलेका लागि गठबन्धनको विकल्प छैन । यसो भनिरहँदा पनि गठबन्धनमा रहेका दल र सत्तामा रहेका नेताहरू सुध्रिन भने आवश्यक छ । तर, अहिलेलाई गठबन्धन आवश्यक छ भन्दै गर्दा निर्वाचनमा भने गठबन्धन गर्नै हुँदैन भन्ने महासमितिको प्रस्ट आदेश छ । यसमा नेतृत्वले किन्तु, परन्तु गर्न पाउँदैन ।  

ad
ad