Skip This
‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १२ शनिबार १६:११:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १६:११:oo

यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ। निर्माण समूहले यसबारे जानकारी दिँदै उक्त कार्यक्रम फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ।

‘हामीले फिल्मको प्रदर्शनअगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ। दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी साेमार्फत उदाएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ,’ निर्माता म्याक्स दीपेश खत्रीले बताए। उनका अनुसार फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनेछन्।

‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ। यसको दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरु भई १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुति हुनेछ।

भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड साेमा दर्शकलाई मनोरञ्जन दिनेछन्।

‘हामीले फिल्मको प्रचारप्रसारका लागि काठमाडौंझैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौँ। त्यसैले यसपटक हामीसँगै दर्शकमाझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दै छौँ,’ निर्माता खत्रीले भने।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रैजात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृंखला ‘महाजात्रा’ हो। ‘जात्रा’ शृंखलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरबिन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन्।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा रहेको छ। तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन्। जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ। अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृंखला दर्शकको प्रिय बनेको छ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरबिन खड्कालगायतको अभिनय रहनेछ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताइएको छ।

यसमा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन्।