१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार १६:२१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

र्‍याफ्टिङ एन्ड क्यानोइङ टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार १६:२१:००

फागुन २४ देखि चैत १० गतेसम्म थाइल्यान्डको रेयोङमा आयोजना हुने आइसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा जान लागेका नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका दुईजना सहभागीको बिदाइ भएको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले शुक्रबार टोलीको बिदाइ गरेका हुन्।

प्रशिक्षण तथा प्रतियोगिता अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुनेछ। मञ्जिल गुरुङ खेलाडी तथा विष्णु गुरुङ प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।

अध्यक्ष श्रेष्ठले सहभागीलाई शुभकामना दिँदै ठूला चरणमा राम्रो प्रदर्शन गर्न सक्ने जोसपूर्ण तालिमको महत्वबारे प्रकाश पारेका थिए। उनले नेपालमा क्यानोइङको विकासका लागि नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ (एनआरसिए)का अध्यक्ष राजीव श्रेष्ठ र उनको टोलीले गरेका कामको पनि प्रशंसा गरे। 

कार्यक्रममा संघका महासचिव सुदीपराज गौतम, उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति थियो।