१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २४ सोमबार १५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

मध्यगाजामा फेरि इजरायली बमबारी, ४० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:१४:oo

मध्यगाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सयजना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ। 

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा सहिद अस्पतालमा सारिएको बताएको छ। 

सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन्। 

चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको छ। 

ad
ad