१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देहीमा दादुरा–रुबेलाविरुद्धकाे खोपको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१८:oo

११ सय खोप केन्द्र, स्वास्थ्यकर्मी र स्वंयसेवक गरी ५५ सय खटिने

रुपन्देहीमा दादुरा–रुबेलाविरुद्धको खोपका लागि आवश्यक तयारी गरिएको छ । यहाँ तीन लाख १४ हजार सात सय ३८ जना लक्षित बालबालिकाका लागि एक हजार एक सय खोप केन्द्र तय गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यहाँ खोप दिनका लागि दुई हजार दुई सय स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । त्यस्तै, खोप व्यवस्थित रपमा सम्पन्न गर्न तीन हजार तीन सय स्वयंसेवक पनि खटिने भएका छन् । 

आवश्यक खोपका लागि ३४ हजार नाै सय ३६ भायल एमआर भ्याक्सिन र तीन लाख ९१ हजार पाँच सय चार सिरिन्जको व्यवस्था गरिएको छ । ती सामग्री समयमै खोप केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दुई चरणमा खोप कार्यक्रम

बिहीबार बुटवलमा सञ्चारकर्मीसँग गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले रुपन्देहीमा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । यही फागुन १३ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा नाैवटा पालिकामा अभियान सञ्चालन हुने भएको छ । पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन पालिकामा अभियान सञ्चालन गरिने भएको छ । 

त्यस्तै, दोस्राे चरणमा सातवटा पालिकामा अभियान सञ्चालन गरिँदै छ । दोस्राे चरण यही फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । दोस्राे चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाई, मर्चवारी, कोटहीमाई र मायादेवीमा खोप अभियान सञ्चालन हुने उनले बताए । 

कार्यक्रममा खोप अधिकृत चिन्तामणि ज्ञवालीले खोपका बारेमा सकारात्मक सन्देश प्रवाहको आवश्यकता रहेको बताएका थिए । यसैगरी प्रभास पन्थी, केदार शाहलगायतले खोपबारे बताएका थिए । नाै महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ । नजिकैको खोप केन्द्रमा लगी बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

यो अभियानमा लगाइने खोप थप मात्र भएकाले पहिला जतिपटक लगाएको भए पनि यो खोप लगाउनुपर्ने खोप अधिकृत शर्माले बताए । अभियानमा यो खोप लगाए पनि नियमित प्रक्रियाका खोप पनि लगाउनुपर्ने उनको भनाइ छ।

ad
ad