१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

३ प्रश्न एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३५:oo

समग्रमा केन्द्रीय कमिटी बैठक कस्तो रह्यो ?
समग्रमा बैठक अत्यन्तै राम्रो भयो । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्ने उद्देश्यले यो बैठक आयोजना भएको थियो । बैठकमा पार्टी सुदृढीकरण र नेता, कार्यकर्ताको जीवनमा शुद्धीकरण जरुरी छ भन्ने विषयमा महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । तिनलाई कार्यान्वयन तहमा लान सकियो भने पार्टी पद्धतिलाई बलियो र व्यवस्थित बनाउन सघाउ पुग्छ । त्यसैले, हामी यसप्रति प्रतिबद्ध पनि भएका छौँ ।  

नेता, कार्यकर्ताको जीवनशैली, आचरण र चरित्र सुधारबारे कस्ता–कस्ता सुझाब आएका छन् ?
हामीले छलफलका लागि नौवटा फरक–फरक समूह बनाएका थियौँ । सात प्रदेशका सात समूह थिए । उपत्यका विशेष कमिटी र स्थायी कमिटीका अलगअलग समूह थिए । यी सबै समूहबाट आएका सुझावलाई एकीकृत गरी स्थायी कमिटीमा लगेर त्यहाँ थप छलफल गरी कार्यान्वनमा जानेछौँ । एमालेले अहिलेसम्म अभ्यास गर्दै आएको प्रणाली पूर्ण कम्युनिस्ट या पूर्ण लोकतान्त्रिक प्रणाली होइन । यी दुवैको मिश्रित रूप हामीले अभ्यास गर्दै आएका छौँ । अब पनि त्यसैमा सुधार र शुद्धीकरण गरेर अघि बढ्नेछौँ । 

माथिबाटै शुद्धीकरण थाल्नुपर्छ भन्ने सुझावलाई कसरी लिनुभएको छ ?
यो एकदम सकारात्मक सुझाव हो । गाउँ या जिल्ला तहको नेतृत्व सुध्रिँदैमा सिंगो पार्टी पंक्ति सुध्रिन सक्दैन । यसका लागि माथिबाटै शुद्धीकरण सुरु हुनुपर्छ । पार्टी अनुशासन कमजोर भएको छ भन्ने आत्मसात् हामीले गरेका छौँ । त्यसैले, अब माथिबाटै शुद्धीकरण सुरु गरेर जान्छौँ । 

ad
ad