Skip This
नवनियुक्त उपकुलपति बराल भन्छन्- शैक्षिक क्यालेन्डर ‘ट्र्याक’मा ल्याउँछु  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १० बिहीबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त उपकुलपति बराल भन्छन्- शैक्षिक क्यालेन्डर ‘ट्र्याक’मा ल्याउँछु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १६:५६:oo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन्। 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्। 

नियुक्तिपछि प्रा.डा. बरालले शैक्षिक क्यालेन्डरलाई ट्र्याकमा ल्याउने बताएका छन्। नयाँ पत्रिकासँगको कुराकानीमा उनले पहिलो चरणमा क्यालेन्डर सुधार गरेर शैक्षिक सत्रलाई ट्र्याकमा ल्याउने बताएका हुन्।

‘त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डार हो, यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ,’ उनले भने, ‘परीक्षाफल समयमा नै प्रकाशन गर्ने, पाठ्यपुस्तक अध्यावधिक तथा अपडेट गर्ने मेरो योजना छ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। 

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरिएको थियो। 

शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ। 

तस्बिर स्राेत : सामाजिक सञ्जाल