आइसिसी विश्वकप लिग– २ को दोस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपाल गहिरो संकटमा देखिएको छ । एकपछि अर्को विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।
पछिल्लो समय एकै ओभरमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई गुमाएको छ । सम्हालिएर खेल्नुपर्ने वेला दुवैले अनावश्यक सट प्रहार गर्न खोज्दा विकेट गुमाएका हुन् ।
३४ ओभरमा नेपालले आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको छ । क्रिजमा भीम सार्की र करण केसी छन् । भीम ३४ बलमा २६रन बनाएर खेलिरहेका छन् ।
१८ बल खेलेका दीपेन्द्र ६ रन बनाएर आउट भए । त्यही ओभरमा सोमपाल पनि चार रनको अवस्थामा आउट भए ।