आइसिसी विश्वकप लिग– २ मा नामिबियाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ । बर्नाड स्कोल्ट्जले आफ्नो पहिलो ओभरमै तीन बलको अन्तरमा दुई विकेट लिन सफल भए ।
इनिङ्सको ६.२ ओभरमा बर्नाडले ओपनर कुशल भुर्तेललाई १८ रनमा एलबिडब्लूको धरापमा राखे । त्यसपछि इनिङ्सको ६.४ ओभरमा अनिल शाहलाई शून्य रनमा स्कोल्ट्जले इरास्मुसबाट क्याचआउट गराए ।
स्कोल्ट्जले आफ्नो पहिओ ओभर मेडन विकेट गरेका छन् । नेपालले सात ओभरमा दुई विकेटको क्षतिमा ३८ रन जोडेको छ। नामिबियाले लगातार दुई विकेट लिँदै नेपालविरुद्ध पकड बनाएको छ ।