मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ८ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल‘ए’सँग क्यानडा-११ दुई विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १७:५९:oo

नेपालमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ले क्यानडा–११ लाई दुई विकेटले पराजित गरेको छ।

क्यानडाले दिएको दुई सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी हुँदै आठ विकेटको क्षतिमा पूरा गरेको थियो। 

नेपालका लागि कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रसिद खानले ४७ रनको योगदान दिएका थिए। 

क्यानडा ११ का अमोर खलिद, साहिद अहमदजाई र निखिल दत्तले समान दुई विकेट लिए।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी हुँदै दुई सय ४० रनमा अलआउट भएको थियो। नेपालका साहब आलमले तीन तथा शेर मल्ल र रसिद खानले समान दुई विकेट लिएका थिए। 

यो जितसँगै यो दुवै टिम एक–एकको बराबरी पुगेका छन्। शृंखलाको अन्तिम खेल बिहीबार हुनेछ।