Skip This
कांग्रेस महासमिति बैठककाे बन्दसत्र सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण ८ मंगलबार १३:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महासमिति बैठककाे बन्दसत्र सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १३:१३:oo

कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु भएको छ। ललिपुरको गोदावरीमा महासमिति बैठकको दोस्रो दिन बन्दसत्र सुरु भएको हो।

राजनीतिक स्थायित्व रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने मूल नाराका साथ पार्टी महासमिति बैठकको जारी छ।

बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरिरहेका छन्। आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन्। 

यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।