
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भ्रष्टाचारको विरुद्धमा काम गर्दा कुर्सी हल्लिन्छ कि भन्ने डर नभएको स्पष्ट पारेका छन् ।
‘मलाई कुर्सी हल्लिने अलिकति पनि डर छैन,’ प्रतिनिधिसभामा सांसद गणेश पराजुलीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘सुरुदेखि नै मेरो ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासनमा मात्र थियो, आज पनि छैन ।’
प्रधानमन्त्रीले सबैभन्दा धेरै उच्चस्तरका राजनीतिक र प्रशासनिक व्यक्तिहरू संलग्न भएको नक्कली भुटानी शरणार्थी काण्डको छनबिन यही सरकारले सुरु गरेको र अहिले मुद्दा अदातलसम्म पुर्याएको भन्दै उनले थपे, ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने नक्कली भुटानी शरणार्थीको नाममा भएको भ्रष्टाचारको छानबिन नै सुरु हुने थिएन । सुशासन मेरो नारा होइन, मेरो संकल्प हो ।’