१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Monday, 01 July, 2024
गोकुल श्रेष्ठ न्यूयोर्क
२o८o फाल्गुण ५ शनिबार o८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रवास डिजिटल संस्करण

नेपालको लगानी सम्मेलनमा अमेरिकी व्यवसायीको चासो

Read Time : > 1 मिनेट
गोकुल श्रेष्ठ न्यूयोर्क
नयाँ पत्रिका न्यूयोर्क
२o८o फाल्गुण ५ शनिबार o८:३o:oo

अमेरिकी व्यवसायी एवं लगानीकर्ताले नेपालमा हुन लागेको तेश्रो लगानी शिखर सम्मेलनका बारेमा चाँसो व्यक्त गरेका छन् । न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा आयोजना गरिएको 'नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू' विषयक गोलमेच छलफलमा अमेरिकी व्यवसायीहरुले यस्तो चासो राखेका हुन् । उनीहरुले नेपालमा लगानीको सम्भावना, पर्यटकीय गन्तव्य र त्यसका चुनौतिका बारेमा समेत चाँसो व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले व्यवसायीहरुलाई नेपाल भ्रमण गर्न र लगानी बढाउन आग्रह गरे । उनले लगानी विस्तारका लागि सहजिकरण गर्न नेपाली महावाणिज्य दुतावास सधै तयार रहेको समेत बताए ।

ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले नेपालमा राजनीति स्थायीत्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरुका लागि लगानी गर्न उत्कृष्ट समय रहेको बताए ।

लगानीकर्ताहरुका लागि सहजिकरण गर्न नेपाल सरकार सधै तत्पर रहेको भन्दै अमेरिका र नेपालबीचको परस्पर सम्बन्धलाई लगानीले थप मजबुत बनाउने बताए । उनले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी नीति, कानुनी संस्थागत ढाँचा र रणनीतिहरू सहज बनाएको जानकारी दिँदै नेपालमा लगानी गरेकोमा अमेरिकी तथा गैरआवासीय नेपाली उद्यमीहरुको प्रशंसा गरे । 

विभिन्न ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चाँसो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने बताइन् । उनले दुई देशको सम्बन्धमा पुलको रुपमा काम गरेकोमा लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरुलाई धन्यवाद समेत दिइन् ।

त्यस्तै ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्शका अध्यक्ष एवं सीईओ मार्क जाफ, ब्रुकलिन चेम्बर अफ कमर्सका उपाध्यक्ष डिना रबिनर सोर्स एटलान्टिकमा अध्यक्ष एवं सिईयो विलियम म्याकगोवेन, मिडास क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष डेभिड जे। मार्टिनले नेपालसँग थप व्यापारिक सम्बन्ध विस्तार गर्न आफूहरु आतुर रहेको बताए ।

कार्यक्रमको दोश्रो चरणमा व्यवसायी एवं विज्ञहरुबीच गोलमेच छलफल गरिएको थियो । अमरिकी वरिष्ठ सञ्चारकर्मी किरण क्षेत्रीले सहजिकरण गरेको पहिलो चरणको छलफलमा नेपाली गार्डेन न्यूयोर्कका सिईओ अनिल रौनियार, नेपाल टि कलेक्टीभ न्यूयोर्कका संस्थापक एव निश्चल बाँस्कोटा, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठ, माउन्टेन लिगेसी इन्टरनेशनलका सिईओ एवं सनराईज पश्मिनाका संचालक डा. सेथ सिक्रोफ र स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व सिईओ शैलेश मिश्रले सहभागिता जनाएका थिए ।

उनीहरुले नेपालमा गरिएको लगानी, व्यापार अनुभव र चुनौतिका बारेमा छलफल गरेका थिए । सारांशमा नेपाल लगानीको निकै सम्भावना भएको क्षेत्रको रुपमा टिप्पणी गरिएको थियो ।

त्यस्तै अमेरिकी एक्सप्रेसकी वरिष्ठ जोखिम प्रबन्धक स्नेहा शर्माले सहजिकरण गरेको दोश्रो गोलमेच छलफलमा युएस–नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष वेद खरेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ विराज रिजाल, क्रस बोर्डर पेमेन्ट तथा स्थार्टप माच्नेटका सिईओ जय दाहाल, कोलम्बीया युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेशर डा। समिर मास्के र क्रस रिभर बैंकका क्वान्टीटिभ रणनीति प्रमुख प्रवेश रिजालको सहभागिता रहेको थियो ।

उनीहरुले आफ्नो सफलताका कथा सुनाउँदै अवको दुनियाँ सूचना प्रविधिको भएको र त्यसका लागि आफूहरुले नेपालमा योगदान गर्न सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा व्यवसायीहरुले नेपाल सरकारको नीतिका बारेमा चाँसो राखेका थिए भने कार्यवाहक महावाणिज्य दुत गौतमले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । सहभागिहरुले आगामी अप्रिलमा हुन लागेको तेश्रो लगानी शिखर सम्मेलनमा सहभागिताका लागि चाँसो समेत व्यक्त गरेका थिए ।

 

 

ad
ad
ad
ad