१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

प्यालेस्टाइनलाई एकतर्फी अन्तर्राष्ट्रिय मान्यता नदिन इजरायली प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३o:oo

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी राज्यलाई एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताएका छन्।

इजरायलको सरकारमा रहेका प्रभावशाली अति दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन–गिभर र बेजालेल स्मोटरिचले शान्तिका लागि विस्तृत योजना विषयमा द वासिङ्टन पोस्टमा प्रकाशित समाचारबारे राखेको धारणापछि प्रधानमन्त्री नेतन्याहुको यो भनाइ आएको हो।

केही अमेरिकी र अरब कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त पत्रिकामा इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच दीर्घकालीन शान्तिका लागि विस्तृत योजनाबारे धेरै अरब देशहरूसँग मिलेर काम गरिरहेको उल्लेख गरिएको छ।

उक्त योजनामा प्यालेस्टिनी राज्यको स्थापनाका लागि एक निश्चित समय सीमा समावेश थियो। नेतन्याहुले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, ‘इजरायलले प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिने कुरामा विरोध जारी राख्नेछ।’

उनले लेखेका छन्, ‘अक्टोबर ७ मा भएको नरसंहारपछि यस्तो मान्यताले अकल्पनीय आतंकवादलाई ठूलो इनाम दिनेछ र भविष्यमा हुने कुनै पनि शान्ति सम्झौतालाई रोक्नेछ। इजरायलले प्यालेस्टाइनसँग स्थायी समाधानसम्बन्धी अन्तर्राष्ट्रिय निर्देशनलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ। शान्ति सम्झौता केवल ‘पूर्वसशर्तविना प्रत्यक्ष वार्ता’बाट मात्र हुन सक्छ।’

वासिङ्टन पोस्टका अनुसार यो योजना ‘कम्तीमा ६ हप्तासम्म चल्ने’ युद्धविरामबाट सुरु हुनेछ र अधिकारीहरूले मार्च १० मा मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि नै सम्झौतामा पुग्न सक्ने आशा व्यक्त गरेका छन्।

सम्झौतामा युद्धमा रोक लगाउने, अक्टोबर ७ मा गाजामा हमासले कब्जामा लिएका बन्धकहरूको रिहाइ र प्यालेस्टिनी राज्यको स्थापनाका लागि एक समय तालिका समावेश हुनेछ।

ad
ad