१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘अगस्त्य : च्याप्टर १’को ट्रेलरमा सौगात र नाजिरको एक्सन अवतार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o२:oo

सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ। तीन मिनेटको ट्रेलर एक्सन दृश्यले भरिएको छ।

ट्रेलरमा एकातिर अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्कोतर्फ दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ। अभिनेता प्रमोद अग्रहरिको चरित्रचित्रण पनि ट्रेलरमा प्रभावशाली देखिन्छ।

सशक्त एक्सन कोरियोग्राफी देखिएको ट्रेलरको बलियो पक्ष ब्याकग्राउन्ड म्युजिक रहेको छ। फर्स्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिजसँगै थप हाइप पाउने देखिएको छ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी तथा सौरभ शर्मा र भास्कर स्वाँरको ब्याकग्राउन्ड स्कोर रहेको छ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो। यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्वभरबाट रिलिज हुनेछ। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ। यसलाई अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले गर्दै छ।

ad
ad