१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बागमती गोल्डकप : बागमतीसँग हिमालयन शेर्पा स्तब्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१o:oo

आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको बुधबार भएको खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा आयोजक बागमतीका ललित चौलागाईँ, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरेका थिए । हिमालयनका दिवस उराव, सत्यम शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले पनि गोल गरे । सुदीप श्रेष्ठको प्रहार गोलरक्षक पवन आले मगरले रोकेपछि आयोजक बागमती क्वार्टरफाइनलमा पुगेको हो । 

गत साता हिमालयन शेर्पा मकवानपुर गोल्डकपको उपविजेता बनेको थियो । मकवानपुर गोल्डकपको फाइनलमा हिमालयन एपिएफसँग पराजित भएको थियो । बागमती गोल्डकपमा हिमालयनको उपस्थिति दरिलो हुन सकेन । पहिलो हाफमा बागमती र हिमालयनबीच गोलरहित बराबरी भएको थियो । दुवै टोलीले मध्यान्तरपछि गोल गरे । खेलको ४७औँ मिनेटमा ललितले बागमतीलाई १–० को अग्रता दिलाए । उनले हिमालयनका गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए ।

९०औँ मिनेटमा बराबरी गोल
एक गोलले पछि परेको हिमालयनले बराबरी गोल फर्काउन निकै प्रयास गरेको थियो । खेलको ९०औँ मिनेटमा हिमालयनका सन्दीप श्रेष्ठले पेनाल्टीमा १–१ का लागि गोल गरे । बागमतीका गोलरक्षक उमेश पाख्रिनले दोहोरो पहेँलो कार्ड पाएपछि हिमालयनले पेनाल्टी पाएको हो । म्यान अफ द म्याच भएका ललितले १० हजार रुपैयाँ पाएका छन् । बागमतीले अब ६ फागुनमा सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । 

प्रतियोगिताअन्तर्गत बिहीबार नवजनजागृति युवा क्लब सिमरा बारा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्धर्पा हुनेछ । १० फागुनसम्म चल्ने प्रतियोगितामा आयोजक बागमतीसहित तीन मोफसल र सात ए डिभिजन क्लबले भाग लिइरहेका छन् । प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख र विधागत उत्कृष्टहरूले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

ad
ad