Skip This
ad
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा अध्यक्षका चार आकांक्षी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २६ बुधबार १२:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा अध्यक्षका चार आकांक्षी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:५१:oo

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौँ अधिवेशन आउन महिना दिन मात्रै बाँकी रहँदा अध्यक्ष पदका लागि चार आकांक्षी सतहमा देखिएका छन्। उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक फोरमबाट अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन्। 

बाह्रबिसे नगरपालिकानिवासी व्यापारीत्रय बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री र भोटेकोसी गाउँपालिकानिवासी व्यवसायी अमृत कार्कीले नेतृत्वमा आउन आकांक्षा राखेका छन्। नेतृत्व हत्याउन उनीहरूले आन्तरिक तयारी गरेको पनि पाइएको छ। चैत ९ र १० गतेका लागि अधिवेशन तोकिएको छ। 

संघमा २९ सय सदस्य छन्। उनीहरूले २८औँ वार्षिक साधारणसभामा केही नवीन एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका छन्।
वर्तमान अध्यक्ष राजकुमार बस्नेतले नदोहोर्‍याउने लगभग निश्चित भएपछि चार हस्ती सतहमा देखिएका हुन्। 

चारैजना मित्रराष्ट्र चीनबाट सामान आयात गर्छन्। संघको सल्लाहकार समितिमा सहसभापतिको भूमिकामा रहेका बुद्धराज बस्नेतले नेतृत्वमा आउन तयारी थालेको बताए। बस्नेत नवौँ अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित पात्र हुन्। 

यसपटक जसरी पनि नेतृत्व लिने दाउमा उनी छन्। लामो समयदेखि संघमा रहेका व्यवसायी शम्भु तिमल्सिनाले नेतृत्वमा आउन रुचि राखेका छन्। तिमल्सिना हाल संघको महासचिव छन्। 

युवा व्यवसायी सुमन खत्री अध्यक्षमा उम्मेदवारी दिने मनस्थितिमा छन्। व्यापारी, व्यवसायी र उद्यमीका लागि  केही गर्ने उद्देश्य राखेर नेतृत्व लिन खोजेको खत्रीले दाबी गरे। यता चीनबाट लामो समयदेखि व्यापार गर्दै आएका अमृत कार्की अध्यक्षका दाबेदार हुन्। उनी हाल संघको द्वितीय उपाध्यक्ष छन्। 

अध्यक्ष बस्नेतले भने, ‘हामी सकभर सर्वसम्मत नेतृत्व बनाएर अगाडि जान्छौँ। नेतृत्व लिन धेरै साथीहरू सक्षम भएकाले लोकतान्त्रिक विधिबाट नेतृत्व आउँछ।’

नयाँलाई अवसर दिने  परिपाटी बसाउन चाहेको उनले प्रस्ट्याए। वरिष्ठ उपाध्यक्ष रामकाजी पौडेल नेपालमा छैनन्। प्रथम उपाध्यक्ष उमेश कसजू हाइड्रोपावर व्यवसायी हुन्। हालसम्म उनले नेतृत्वमा आउने चाहना राखेका छैनन्। तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्कीले प्रथम वा द्वितीय उपाध्यक्षका लागि तयारी गरेको बुझिएको छ। 

मानार्थ उपाध्यक्षद्वय जगन्नाथ चालिसे र दिलीपराज गिरी चुपचाप छन्। महासचिवका लागि हालका सचिव ईश्वर गुभाजूले दाबी गरेका छन्। पछिल्लो समय व्यापारमा सक्रिय गुभाजू समाजसेवामा पनि क्रियाशील छन्। त्यसैगरी वर्तमान कोषाध्यक्ष उमेश प्रधानले उपाध्यक्षमा दाबी गर्ने बताइएको छ। 

सहकोषाध्यक्ष विचारी पराजुली सचिव बनेर नेतृत्व सम्हाल्न चाहन्छन्। व्यापारी र व्यवसायीबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ हाँक्ने नयाँ नेतृत्वका लागि गरम बहस जारी छ। बाह्रबिसेमा बुधबार सम्पन्न संघको बैठकमा सदस्यहरूले अधिवेशन सभ्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
 

ad
ad