१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नगरकोट रिसोर्टलाई ज्योति क्यापिटलको संस्थागत परामर्श

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार ११:४४:oo

ज्योति क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’ अन्तर्गत नगरकोट रिसोर्टलाई परामर्श सेवा दिने भएको छ । क्यापिटलले दिँदै आएको कम्पनीको स्थापनादेखि सर्वसाधारणलाई सेयर जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको हो । 

उक्त सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन, प्राइभेट इक्विटीको व्यवस्थालगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिमका कार्य गर्न सक्ने बनाउन क्यापिटल र रिसोर्टबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको जनाइएको छ ।

सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र रिसोर्टका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले हस्ताक्षर गरेको उल्लेख छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषासहित लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवासमेत प्रदान गरिरहेको जनाएको छ ।

ad
ad
ad
ad