१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३६:oo

टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको अवसर पारेर एनओजी राइड आयोजना गरेको छ । एनओजी राइड टिभिएसको नक्साल सोरुमबाट सुरु भई शिवपुरीको द ग्रिनभ्याली रिसोर्टमा पुगेर समापन भएको हो ।

करिब एक सय राइडर सहभागी रहेको कार्यक्रममा सबै सहभागी राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । उक्त राइडमा स्कुटरहरू राखेर एक लाखको आकृति पनि बनाइएको उल्लेख छ । उक्त राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाबारे विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षा जानकारी प्रदान गरेको कम्पनीको भनाइ छ ।

राइडको समापन एक लाख सेलेब्रेसनको केक काटेर गरिएको कम्पनीले जनाएको छ । स्मार्ट टेक्नोलोजी, दमदार पफर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । 

ad
ad