१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अनिल र भीमको कीर्तिमानी शतक : क्यानडाविरुद्ध नेपालको ‘क्लिन स्विप’

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:o२:oo

ओपनर अनिलकुमार शाह तथा भीम सार्कीको कीर्तिमानी शतकसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला ‘क्लिन स्विप’ गरेको छ । दुई खेलाडीको शतक तथा डेब्यु गरेका हेमन्त धामीको तीन विकेट लिँदा सोमबार नेपालले सिरिजको अन्तिम खेलमा क्यानडालाई नौ विकेटले पराजित गर्‍यो । पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले एक विकेट गुमाउँदै ४४.२ ओभरमा लक्ष्य पूरा गरेको हो । यसअघि नेपाल पहिलो खेलमा सात र दोस्रोमा चार विकेटले विजयी भएको थियो । 

तेस्रो तथा अन्तिम खेलमा नेपालका ओपनर अनिलकुमार शाह र भीम सार्कीले करिअरकै पहिलो शतक बनाएका थिए । नेपालले क्यानडाविरुद्ध तीन कीर्तिमानी बनायो । पहिलोपटक तीन खेलको शृंखला क्लिन स्विप गरेको छ । ब्याट्सम्यानले कुनै पनि विकेटका लागि ठूलो साझेदारी र दोस्रो विकेटका लागि पनि बृहत् साझेदारीको रेकर्ड राखेका छन् । 

अनिलले पाँच वर्षको मिहिनेतपछि उपलब्धि प्राप्त गरेको बताए । ‘मैले धेरै मिहिनेत गरेको थिएँ, अभ्यासको क्रममा धेरै सट खेलेँ,’ अनिले भने । २५ वर्षीय अनिलले दुई वर्षपछि पुनरागन गरेका हुन् । ‘पाँच वर्षको बीचमा दुई खेल मात्रै खेल्ने अवसर पाएँ, लामो समयको अभ्यासपछि बल हेरेर प्रहार गर्न सक्ने भएको छु,’ उनले भने । भीमले पाएको अवसरलाई सदुपयोग गरेको बताए । ‘मेरो लागि ठूलो अवसर थियो । पछिल्लो प्रतियोगितामा राम्रो हुन सकेको थिएन,’ उनले भने, ‘४० रनपछि शतक बनाउन सक्छु भन्ने भयो ।’ 

भीम र अनिलले बनाए दुई रेकर्ड 
भीम र अनिलबीचको ब्याटिङमा दुई कीर्तिमानी साझेदारी बनेका छन् । दुई खेलाडीले कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेट लागि जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी भंग गरेका हुन् । भीम र अनिलले कुनै पनि विकेटका लागि एक सय ८९ रनको अविजित साझेदारीको रेकर्ड राखेका छन् । नेपालको इनिङ्समा दोस्रो विकेटका लागि पनि दुवैले अर्को रेकर्ड राखे । उनीहरूले गत वर्ष नामिबियाविरुद्ध कीर्तिपुरमै ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीचको एक सय ३९ रनको साझेदारी भंग गरेका हुन् । 

यसअघि अनिलले आठ चौकासहित ५० बलमा ५० रन जोडे । अनिलले अर्धशतक बनाउँदा नेपाल १४.४ ओभरमा ८३–१ को स्थितिमा थियो । भीमले ७८ बलमा पाँच चौकासहित ५२ रन बनाए । ३१औँ ओभरमा भीमले अर्धशतक बनाउँदा नेपाल १४१–१ को स्थितिमा थियो नेपालको ब्याटिङमा क्यानडालाई पाँच रन पेनाल्टी पाएको थियो । 

डेब्युमै हेमन्तको तीन विकेट
नेपाल राष्ट्रिय टोलीबाट डेब्यु गरेका बलर हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । क्यानडाका ओपनर ओरोन जनसनलाई डेब्यु विकेटका रुपमा लिए । हेमन्तको ओभरमा ओरोनले देव खनाललाई क्याच दिएका थिए । अलराउन्डर कुशल मल्लले दुई विकेट हात पारे । ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिएका हुन् । कुशल भुर्तेल र पवन सर्राफ विकेटविहीन भए । लगातार दुई खेलमा ६ विकेट लिएका कप्तान रोहितले तेस्रो खेलमा बलिङ गरेनन् । 

क्यानडाविरुद्धको तेस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले बलर हेमन्त धामीलाई राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । हेमन्त एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने ४१औँ खेलाडी बने । उनलाई पूर्वखेलाडी राजु बस्नेतले क्याप हस्तान्तरण गरे । अघिल्लो दुई खेलमा डेब्यु गरेका सूर्य तामाङ र रिजन ढकालसँगै ओपनर आसिफ शेख र बलर सोमपाल कामीलाई विश्राम दिइएको थियो । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेदरल्यान्डस् र नामिबियासँग खेल्नेछ । 

ओपनर नभनीतको अर्धशतक 
यसअघि क्यानडाका नभनीत धलिवालले अर्धशतक बनाए । नभनीतले ८२ बलमा ५० रन बटुले । उनले पाँच चौका प्रहार गरे । उनलाई ललितनारायण राजवंशीले आकाश चन्दबाट क्याच गराएका थिए । नभनीत आउँदा हुँदा क्यानडा २७औँ ओभरमा एक सय एक रन जोडेको थियो । ओपनर ओरोन जनसनलाई चार बटुले ।

श्रीमन्थ विजयेरत्नेले २२ रन बनाए । श्रीमन्थ र नभनीतबीच दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । हर्ष थाकुरले ५७ बलमा दुई चौकासहित २९ बनाए । मध्यक्रमका निखिल दत्त र श्रेयस मोभाले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गरेपछि क्यानडा चुनौतीपूर्ण योगफल खडा गरेको थियो । क्यानडा ३६.५औँ ओभरमा १३२–५ को अवस्थामा थियो । दत्त र श्रेयसले क्यानडालाई ४५ं.४ ओभरसम्म १८६–६ मा पु¥याए । श्रेयसले २९ बलमा एक चौकासहित २५ रन बनाएका हुन् । निखिलले ६२ बलमा ४५ रनमा रनआउट भए । दुई चौका र एक छक्का प्रहार गरेका निखिललाई विकेट किपर अनिलकुमार शाहले रनआउट गरे । 

पाँच वर्षको मिहिनेत हो : अनिलकुमार शाह
यो शतकबाट खुसी छु । धेरै अभ्यास गरेका कारण अहिले बल हेरेर प्रहार गर्न सक्छु । यसका लागि धेरै मिहिनेत गरेको छु । यो पाँच वर्षको बीचमा दुई खेल खेलेँ । यसपटक मैले राम्रो कम ब्याक गरेको छु । अहिले म बलरले फ्याँक्ने बललाई हेर्ने गर्छु । मेरो प्रदर्शनबाट खुसी छु । शतक प्रहारपछि कुन सेलेब्रेसन भयो, खासै सम्झना भएन ।

बेन्च पनि बलियो भएको छ : भीम सार्की
मेरा लागि यो अवसर निकै ठूलो थियो । पछिल्लो प्रतियोगितामा राम्रो हुन सकेको थिएन । अवसरका रूपमा सम्झी शतकतर्फ लम्किएँ । एक खेलाडीलाई हरेक खेल महŒवपूर्ण हुन्छ । कहिले राम्रो हुन्छ, भन्न सकिँदैन । ४० रन जोडेपछि शतकतर्फ जाने योजना भयो । अनिल दाईसँग खासै दबाब भएन । हामी दुवै शतक बनाउँन सक्छौँ भन्ने थियौँ ।

ad
ad