१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सवारी दुर्घटनामा एमाले महासचिव पोखरेलको देब्रेगोडा र हातमा चोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४३:oo

सवारीमा रहेकी कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काको हात फ्याक्चर

दैलेखमा भएको सवारी दुर्घटनामा एमालेका महासचिव शंकर पोखरेलको देब्रेखुट्टा र हातमा चोट लागेको छ । शनिबार सुर्खेतबाट एमाले दैलेख जिल्ला अधिवेशन उद्घाटनमा सहभागी हुन जाँदै गर्दा उनी सवार जिप सदरमुकामनजिक पुगेपछि दुर्घटनामा परेको थियो ।

अचानक जिप सडकमा पल्टिँदा पोखरेलको देब्रेतिघ्राको मसल र देब्रेहातमा चोट लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । सवारीमा रहेकी कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काको हात फ्याक्चर भएको छ ।

आइतबार बिहान सुर्खेत हुँदै विमानबाट काठमाडौं फर्किएका पोखरेलले ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । भिडियो एक्सरे गर्दा सामान्य चोट मात्र देखिएपछि उनलाई चिकित्सकहरूले औषधि लिएर केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

ad
ad