मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Tuesday, 11 March, 2025
२o८o माघ २८ आइतबार १७:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

केन्द्रीकृत मानसिकताले संवैधानिक अधिकार हुबहु लागू भएन : प्रदेश प्रमुख शेरचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १७:१२:oo

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएका अधिकारहरू हुबहु लागू हुन नसक्नुमा केन्द्रीकृत मानसिकताले काम गरेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख शेरचनले यस्तो धारणा राखेका हुन्। संघीयता कार्यान्वयन गराउने हो भने प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने उनले प्रस्ट्याए।

भ्रष्टाचार न्यूनीकरणले मात्रै नपुग्ने भएकाले यसलाई शून्यमै झार्ने गरी काम गर्नुपर्नेमा प्रदेश प्रमुख शेरचनले जोड दिए। भ्रष्टाचार गर्नेले सबैमाथि अपराध गर्ने भन्दै उनले भ्रष्टाचारलाई जघन्य अपराध मानेर व्यक्ति हत्यासरहकै सजाय हुनुपर्ने बताए।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भ्रष्टाचारमुक्त मुलुक बनाउन अख्तियारसहित राजनीतिक तथा प्रशासनिक निकायको पनि उत्तिकै भूमिका हुने धारणा राखे। प्रदेश सरकार सुशासनको पक्षमा रहेको उनको भनाइ थियो।

कार्यक्रममा अख्तियारको बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले चालू आर्थिक वर्षको माघ मध्यसम्ममा कार्यालयमा एक हजार ३६५ उजुरी परेको जानकारी दिए। त्यसमध्ये ५८४ फर्स्योट भएको छ। १०३ उजुरी विस्तृत अनुसन्धानमा रहेकोमा ४१ वटा फर्स्योट भएको उनले जानकारी दिए।