१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४२:oo

दक्षिणी गाजापट्टी सहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ।

घटनामा दर्जनौँ अन्य घाइते भएका छन्। बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ। 

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, ‘रफाहमा हालैका घन्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन्। पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एक घर निशानामा परेको छ।’ 

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेस्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन्। 

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए। 

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो।  

रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ।
 

ad
ad