१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस गाजापट्टी
२o८१ बैशाख २५ मंगलबार १३:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रफाह आक्रमणअघि प्यालेस्टिनीलाई ‘सुरक्षित मार्ग’ दिन्छौँ : नेतन्याहु

Read Time : > 1 मिनेट
रासस, गाजापट्टी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:४५:oo

गाजाको दक्षिणी सहर रफाहमा इजरायली आक्रमणपूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विस्थापित प्यालेस्टिनी नागरिकलाई ‘सुरक्षित मार्ग’ दिने बताएका छन्। 

नेतन्याहुले आइतबार प्रसारित एक अन्तर्वार्तामा हमासविरुद्ध इजरायलको सैन्य अभियानलाई रफाहसम्म विस्तार गर्ने बताएका छन्।

गाजापट्टीको २४ लाख जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या भएको ठाउँमा नरसंहार हुन सक्ने अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद नेतन्याहुले एबिसी न्युजसँग भने, ‘हामी हमासविरुद्धको अभियानलाई रफाहमा विस्तार गर्न गइरहेका छौँ। हामी प्यालेस्टिनी नागरिकका लागि सुरक्षित मार्ग प्रदान गर्दै कारबाही अगाडि बढाउने छौँ ता कि उनीहरू सुरक्षित अन्यत्र जान सकून्।’

यद्यपि, इजिप्टसँगको सिमानामा थुनिएका र अस्थायी टेन्टमा आश्रय लिएका ठूलो संख्याका मानिस कहाँ जान सक्छन् भन्ने कुरा स्पष्ट छैन। नेतन्याहुले ‘विस्तृत योजनामा काम गरिरहेको’ बताएका छन्।

सैनिकहरूले अझै प्रवेश नगरेको, तर दैनिकजस्तो नै हवाई आक्रमण भइरहेको गाजाको रफाह क्षेत्रमा हमासविरुद्धको कारबाहीका लागि इजरायली सेना प्रवेश गर्न लागेको बताइएको छ।

प्यालेस्टिनी मोहम्मद सैदामले शनिबार इजरायली आक्रमणबाट प्रहरीको एउटा गाडी ध्वस्त भएपछि भने, ‘विस्थापित गाजावासीले रफाह सुरक्षित छ भनेका थिए, तर त्यो सुरक्षित छैन। सबै ठाउँलाई निशाना बनाइएको छ।’ 

रफाहबाट हमासको ‘बटालियन’ खाली नगरी हमासमाथि ‘विजय’ हासिल गर्न नसकिने दाबी गर्ने इजरायली प्रधानमन्त्रीले शुक्रबार आफ्नो सेनालाई कारबाहीको तयारी गर्न निर्देशन दिएका छन्। उनको यो घोषणा विश्वका नेता र सहायता समूहलाई चिन्ताको विषय बनेको छ।

‘गाजाका मानिस हावामा हराउन सक्दैनन्,’ जर्मन विदेशमन्त्री एनालेना बेयरबोकले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘रफाहमाथि इजरायली आक्रमण ‘मानवीय विपत्ति’ हुनेछ।’

साउदी अरबको विदेश मन्त्रालयले शनिबार रफाहमाथि आक्रमणको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन आह्वान गरेको छ। बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले सम्भावित आक्रमणप्रति आफू ‘गम्भीर रूपमा चिन्तित’ बनेको बताएका छन्।

उनले लेखेका छन्, ‘सहायता प्राप्त गर्न र बन्धक बनाइएकाहरूलाई बाहिर निकाल्नका लागि लडाइँमा तत्काल विराम लगाउनु प्राथमिकता हुनुपर्दछ।’

ad
ad