१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पोर्ट अउ प्रिन्स
२०८० माघ २८ आइतबार ०७:५८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

हाइटीको हिंसामा हजारभन्दा बढी हताहत : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
पोर्ट अउ प्रिन्स
२०८० माघ २८ आइतबार ०७:५८:००

हाइटीमा भएको सामूहिक हिंसामा जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् । संयुक्त राष्ट्रसंघले उक्त जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका मानवतावादीले शुक्रबार हाइटीका प्रमुख सहरमा बढ्दो अशान्तिबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरमा हताहतको संख्या पछिल्लो दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।

सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाको पहुँचमा सम्झौता गर्नुपर्ने मानवअधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन–रक्षक राहतको वितरणलाई पनि असर गरेको छ ।

विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठूलो असर पार्ने कार्यालयले जनाएको छ । विरोध कार्यक्रम र प्रदर्शनका कारण जनवरीको मध्यसम्ममा पोर्ट–ओ–प्रिन्स र अन्य सहरी क्षेत्रसहितका स्थानमा एक हजारभन्दा बढी विद्यालय अस्थायी रूपमा बन्द गरिएका थिए ।