१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कतारले रक्षा गर्‍यो एसिया कप उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३१:oo

आयोजक कतारले एसिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । प्रतियोगिताको शनिबार लुसियल रंगशालामा भएको उपाधि भिडन्तमा कतारले जोर्डनमाथि ३–१ को सानदार जित निकाली लगातार दोस्रोपटक उपाधि हात पारेको हो । दुईपटक उपाधि जित्ने राष्ट्रमा दक्षिण कोरिया र कतार रहेका छन् । जापानले सर्वाधिक चारपटक उपाधिमाथि कब्जा जमाएको छ । 

कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका थिए । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन् । उनले खेलको २२औँ मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै कतारलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको कतार दोस्रो हाफमा दबावमा देखिएको थियो ।

खेलको ६७औँ मिनेटमा अल निमातले जोर्डनलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ७३ओँ मिनेटमा कतारले दोस्रो पेनाल्टी पायो । यसपटक पनि अफिफले सहजै गोल गरे । अन्तिम पाँच मिनेटको अतिरिक्त समयमा अफिफले नै पेनाल्टीमा गोल गर्दै कतारलाई च्याम्पियन बनाए । 
 

ad
ad