१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Sunday, 11 May, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o माघ २७ शनिबार १५:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानाडाविरुद्ध देव खनालको अर्धशतक

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १५:१३:oo

क्यानाडाविरुद्ध दोस्रो एकदिवसीय खेलमा देव खनालले अर्धशतक बनाएका छन्। देवले ५६ बलमा  ५० रन बनाएका हुन्।

उनले चार चौका र दुई छक्का प्रहार गरे। नेपाल यू–१९ टोलीका कप्तानसमेत रहेका देवको सिनियर टोलीबाट यो तेस्रो अर्धशतक हो। उनले सिनियर टोलीबाट १० खेल खेलिसकेका छन्। 

यसअघि ओपनर अनिलकुमार शाहले १९ बलमा अर्धशतक बनाउँदै सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। अनिलले आसिफ शेखको कीर्तिमान भंग गरेका हुन्। 

क्यानाडाविरुद्ध पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो। नेपाल लगातार दोस्रो खेल जित्दै एक खेलअघि नै शृंखला कब्जा गर्न चाहन्छ।