१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

औद्योगिक प्रतिष्ठानलाई  नापतौलको इजाजत प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:३२:oo

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले चालू आर्थिक वर्षको ६ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्याेगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ। कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरेको हो । 

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ६ महिनाका अवधिमा ३४  व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६  व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ । कार्यालय प्रमुख मनीषकुमार दासले  सो अवधिमा एक सय ५५  पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा  पम्पको ‘नोजल’ जाँच तथा ६६ बेब्रिजको जाँच गरिएको बताइएको छ ।
 
 साथै सो अवधिमा दुई सय ८८  ट्यांकरको हेटाैँडामा   जाँचसमेत गरिएको थियो । त्यस्तै, सो अवधिमा  कार्यालयका कर्मचारीहरूबाट  विभिन्न बजारक्षेत्रको १० स्थानमा  डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमनसमेत भएको थियो।  सो कार्यबाट रु. ७३ लाख सात हजार आठ सय ५९ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी  सञ्जीव ठाकुरले जानकारी दिए ।

ad
ad