१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका स्याङ्जा
२o८१ बैशाख २२ शनिबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१o:oo

स्याङ्जामा चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको उनले बताए ।

‘प्रदेशबाट छनोट भएका योजनाको सम्झौता गर्ने, लागत योजना तयार गर्नेलगायत काम भइरहेको छ,’ प्रमुख ढकालले भने, ‘केही योजना सम्पन्न भइसकेका छन् भने अधिकांश योजनाका अहिले धमाधम निर्माण काम भइरहेका छन् ।’ पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यसहित पदमार्ग र भौतिक संरचना निर्माण भइरहेको पनि उनले जानकारी दिए । स्याङ्जामा चालू आवमा योजना कार्यान्वयनका लागि दुई करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । २० लाख र १५ लाखका एक/एक, १० लाख लागतका पाँच र पाँच लाख लागतका ३८ वटा योजना कार्यान्वयनमा छन् । 

सबैभन्दा धेरै १० वटा योजना पुतलीबजार नगरपालिकामा कार्यान्वयनमा रहेका कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए । उनका अनुसार वालिङ नगरपालिकामा नौ, भिरकोटमा ६, बिरुवा गाउँपालिकामा पाँच, फेदीखोलामा चार, चापाकोट र गल्याङ नगरपालिका तथा आँधीखोला हरिनास र अर्जुनचौपारी गाउँपालिकामा समान दुई–दुईवटा योजना छन् । कालीगण्डकी गाउँपालिकामा एउटा मात्रै योजना कार्यान्वयनमा रहेको उनले जानकारी दिए । रासस

ad
ad