Skip This
सांसद लामिछानेको प्रस्ताव- संसद्लाई छेडखानीको थलो बनाएर समय बर्बाद नगरौँ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ २४ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २४ बुधबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद लामिछानेको प्रस्ताव- संसद्लाई छेडखानीको थलो बनाएर समय बर्बाद नगरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार १३:२१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा एक–अर्काप्रति छेडखानी गरेर संसद्को समय बर्बाद नगर्न आग्रह गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले यस्तो आग्रह गरेका हुन्। 

उनले छेडखानी गरेर समय बर्बाद पार्नुको साटो साँच्चिकै संसद्लाई कानुन बनाउने थलोको रूपमा स्थापित गर्न संसद्ले पारित गरेको क्यालेन्डर फलो गर्न आग्रह गरे। 

सांसद लामिछानेले भने, ‘सहकारीका सम्बन्धमा आफूमाथि लागेका आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको नीतिगत उपाय र योजनासहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आएको थिएँ। अब प्रधानमन्त्रीलाई छुट्टै भेटेर यो हस्तान्तरण गर्नेछु।’