१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ३ बिहीबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

द्वन्द्वका घाइतेको उपचार गर्दै लुम्बिनी प्रदेश सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:५o:oo

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइते तथा अपा‌ंगता भएका व्यक्तिको उपचार सुरु गरेको छ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ।

सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएकाको उपचारसम्बन्धी कार्यविधि, २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

घाइते तथा अपांगता भएका व्यक्तिले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुईप्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उनले बताए। 

घाइते तथा अपांगता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष

०८०/८१ का लागि ५० लाख बजेट विनियोजन गरेको थियो।

परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएका आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनुपरेको भन्दै त्यसलाई मध्यनजर गरी यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। 
 

ad
ad