१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २२ सोमबार १८:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्दै मंगोलियन हार्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार १८:३९:oo

समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ।

गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो। आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोंगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाले जानकारी दिए।

नेपाल–कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाको यो ब्यान्डले आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्नेछ। ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौँ। त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौँ,’ म्यानेजर लामाले बताए।