१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुकाे खत्याडमा आगलागीबाट एक घर जलेर नष्ट, दुई बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o९:oo

गएराति मुगुकाे खत्याडस्थित एक घरमा आगलागी हुँदा एकै घरका दुईजना बालक बेपत्ता भएका छन् । जिल्लाको पश्चिम खत्याड गाउँपालिका– २ गाडेखोला गाउँस्थित लालु माठागाईको घरमा आगलागी हुँदा दुईजना बालक बेपत्ता भएको र घर जलेर खरानी भएको प्रहरीले जनाएको  छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारीअनुसार  राति बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षका छोरा विशाल सन्ज्याल र  १२ वर्षकी छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए । सुतिरहेको वेला तातोको लागि बालेर राखेको आगो गोठमा सल्किएको थियो ।  आमा भने बाहिर निस्कन सफल भएकी थिइन् । 

घटनालगतै प्रहरी चौकी श्रीकोटबाट खटिएको सुरक्षाकर्मी र स्थानीयले घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो सोमबार बिहानसम्म पनि  नियन्त्रणमा आउन सकेको छैन । काठको प्रयोगबाट बनाइएको कच्ची घर भएकाले आगो झन् फैलिएको  प्रहरीले जनाएको छ ।

सोमबार बिहानसम्म पनि दुई बच्चा नभेटिएको र आमाले बच्चाबाहिर ननिस्किएको भनी रोहिरहेकाले दुवै बालबालिका जलिसकेको  हुन सक्ने  प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । पीडित  सरस्वतीका श्रीमान् लालु  माठागाई कामको सिलसिलामा भारतमा छन् । 

ad
ad