मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025
२o८१ चैत २ शनिबार o९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालयौन दुरुपयोग घटना आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार o९:३८:oo

महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका इन्चार्ज शसस्त्र प्रहरी सई धर्मेन्द्र सिंहलाई बालयौन दुरुपयोग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् ।

घरमा अभिभावकलाई आफुसँग भएको घटना बताएपछि बालिकाको अभिभावकसँगै सयौँको संख्यामा स्थानीयहरुले रेल्वे सुरक्षा वेश घेराउ गरेका थिए । सोहि क्रममा आरोपी सई सिंहलाई कुटपिट समेत गरिएपछि स्थिती संयमित बनाउन शसस्त्र प्रहरीकै टोलीले सई सिंहलाई प्रहरीको जिम्मा लगाएको हो । 

पीडित बालिका अबेर साँझ  अभिभावकसँग जिल्ला प्रहरी कार्यालय महोत्तरी आइपुगेको प्रहरीले बताएको छ। घटनाबारे कानुनी प्रकृया सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताए । उनले आरोपी प्रहरी नियन्त्रणमा रहेको बताउदै आवश्यक कानुनी प्रकृया चलिरहेको उल्लेख गरे।  उनले पीडित पक्षबाट जाहेरी हालसम्म नआएपनि पीडित प्रहरीको सम्पर्कमा रहेको र बालिकाको मेडिकल चेकजाँच लगायतका कार्यहरु भइरहेको बताए ।