Skip This
च्याउ खाँदा दश जना बिरामी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत २ शनिबार
  • Wednesday, 12 August, 2026
रासस दमौली
२o८१ चैत २ शनिबार o९:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

च्याउ खाँदा दश जना बिरामी

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार o९:४४:oo

च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघरमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । 

बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। 

उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।