१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाबहिल जुत्ता–चप्पल व्यापार मेला, १५ देखि ५० प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३१:oo

प्रथम चाबहिल जुत्ता–चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । एक महिनासम्म चल्ने मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्रान्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ता–चप्पल राखिएको छ ।

एक सयभन्दा बढी स्टलहरूमा नेपाली ब्रान्डका जुत्ता–चप्पल राखिएको आयोजकले जनाएको छ । जुत्ता–चप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था गरिएको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । यो मेलामा चाबहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका उपभोक्तालाई जोड्ने लक्ष्य राखिएको उनले बताए ।

नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता–चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईंले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको, तर बिक्री भने ६ करोड मात्र रहेको उनको भनाइ छ ।

अझै यसलाई बजारीकरणका लागि विभिन्न स्थानहरूमा प्रदर्शनी तथा मेला गर्नुपरेको उनले बताए ।  एकमहिने मेलामा करिब पाँच करोड रुपैयाँबराबरका ३० देखि ३५ हजार जोरभन्दा बढी जुत्ता–चप्पल बिक्री हुने अनुमान गरिएको छ ।

ad
ad