१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति कांग्रेसमा प्रयोग भयो : नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:४o:oo

कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीतिअनुसारको व्यवहार गर्न थालेको बताएका छन्। 

कांग्रेस चाँगुनारायण नगरको प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल कांग्रेस भए पनि सरकारले जनपक्षीय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन्।

जनताका जनजीविकाका सवाल बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीले स्वयं कार्यसम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्विकार्न थालेकाे बताए।  

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनताकेन्द्रित मिसन असफल हुनेतर्फ समेत नेता महरले चिन्ता व्यक्त गरेका छन्।

कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले चेतावनीसमेत दिएका छन्। कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नुपर्ने महरको भनाइ थियो।

ad
ad