मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २० शनिबार
  • Wednesday, 05 February, 2025
२o८o माघ २० शनिबार १६:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आर्मीलाई हराउँदै पुलिसले उचाल्याे प्रधानमन्त्री कपको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २० शनिबार १६:२५:oo

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आज भएको फाइन खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रोपटक उपाधि जितेको हो। 

जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाउँदै ४९.५ ओभरमा १८१ रन बनायो। 

पुलिसका लागि शंकर रानाले अविजित रहँदै ५ चौका र ४ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेले। अर्जुन साउदले ३६ तथा अमित श्रेष्ठले २८ रन जोड्न सफल भए। आरिफ सेखले २७ रनको अविजित इनिङ खेले। 

आर्मीका लागि कुशल मल्ल, जितेन्द्र मुखिया, साहाब आलम र बसिर अहमदले समान एक-एक विकेट लिए। आर्मीका लागि विवेक यादवले ८१ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले। ओपनर इम्रान शेखले २८, सोमपाल कामीले ४९  र कुशल मल्लले १७ रन जोडे। 

पुलिसका लागि ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक-एक विकेट लिए। 

विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।