१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोबाइल ल्याब भ्यान सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:३६:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्धवार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समयदेखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्य वस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्थामा छन् । मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने कारणसहित भुसालले भने, ‘तेस्रोपटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस् । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्नेछ । चलाउन नसके हात उठाऔँ, अर्को व्यवस्था हुन्छ ।’ मन्त्री भुसालले चलाउन नसक्ने भए त्यसको आधार प्रस्तुत गर्न निर्देशन पनि दिएका छन् । पटक–पटक भ्यान सञ्चालनका लागि मौखिक निर्देशन दिए पनि भ्यान सञ्चालन सुरु नभएको थाहा पाएपछि मन्त्री भुसालले पुनः निर्देशन दिएका हुन् ।

उनले विभागले सम्पादन गरेको कामप्रति त्यति धेरै सन्तुष्ट नभएको बताए । समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न निर्देशन दिए । जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो ।

ad
ad