१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अटोमोबाइलसम्बन्धी स्थायी नीति ल्याउन नाडाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o१:oo

अटोमोबाइल उद्योगलाई अघि बढाउन स्थायी नीति ल्याउन नाडाका अध्यक्ष करण चौधरीले आग्रह गरेका छन् । बिहीबार नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेट गरी ११बुँदे मागसहित यस्तो आग्रह गरेका हुन् ।

अस्थिर महसुल दरले व्यवसायीहरू हतोत्साहित भएको भन्दै कम्तीमा १५ वर्षसम्मका लागि स्थिर नीति कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनुपर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरूलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुने नाडाको भनाइ छ ।अटोमोबाइलसम्बन्धी एसेमब्लिङ उद्योग, अटोमोबाइल स्पेयर पार्टस् उद्योग, टायर उद्योग, लुब्रिकेन्ट्स उद्योग तथा ब्याट्री उद्योगहरूको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्न पनि आग्रह गरिएको छ ।  

नेपालमै लुब्रिकेन्ट्स उद्योगहरू भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरीय लुब्रिकेन्ट्सहरू मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने । नेपालमै उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, हेलमेट, व्याट्री, लुब्रिकेन्ट्स तथा टायरहरू निर्यात गर्दा अन्य निर्यात वस्तुहरूले पाउनेसरहको छुट दिन माग गरिएको छ । साथै, नेपालमा उत्पादित हेलमेट ब्याट्री तथा टायरहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिह्न एनएस पाउनुपर्नेलगायतका विभिन्न आग्रह गरिएको छ । छलफलको मन्त्री रिजालले अटोमोबाइल क्षेत्र देशलाई राजस्व र रोजगारी दिने प्रमुख स्रोत भएको र यसको विकासका लागि आवश्यक स्थिर नीति ल्याउन पहल गरिने बताए । 

ad
ad