१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नापी अधिकृत र सर्वेक्षकलाई कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४५:oo

 सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न तीनजनालाई विशेष अदालतले कैद सजाय सुनाएको छ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुबे र सर्वेक्षक रामराज यादवमाथि अदालतले बिहीबार कसुर कायम हुने फैसला गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नापी अधिकृत दुबे र सर्वेक्षक यादवलाई जनही तीन–तीन महिना कैद सजाय सुनाएको छ । साथै, बिगो रकम नौ लाख ८३ हजार सात सय रुपैयाँको दामासाहीले हुन आउने रकम तीन लाख २७ हजार रुपैयाँभन्दा बढी दुवैले जरिवानास्वरूप तिर्नुपर्नेछ । यसरी सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराएको भन्दै मुना पासिनलाई समेत सजाय सुनाइएको छ ।

नापीका कर्मचारीलाई अनुचित प्रभावमा पारी सरकारलाई नोक्सान पु¥याउने तथा आफूलाई गैरकानुनी लाभ पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासिनलाई समेत प्रतिवादी बनाएको थियो । यसमा उनी दोषी ठहर भएकी छिन् । विशेषका अनुसार पासिनलाई तीन महिना कैदका साथै बिगो रकममध्ये तीन लाख २७ हजार नौ सय रुपैयाँ जरिवाना हुने भएको छ ।

ad
ad